काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ९० अंकले घटेर २ हजार ५८७ दशमलव २५ विन्दुमा बन्द भएको छ।
कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि बजार रातो देखिएको हो। शुक्रबार ६१ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।
दिनभर ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कुल १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४३ हजार ६८५ पटकको कारोबारमार्फत किनबेच भएका छन्। कारोबारमा ३५६ वटा स्क्रिप्स समेटिएका थिए।
उपसमूहतर्फ अधिकांश समूहमा गिरावट आएको छ। म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहमा सबैभन्दा बढी गिरावट देखिएको छ। लाइफ इन्स्योरेन्स, विकास बैंक र जलविद्युत् समूहमा पनि उल्लेख्य गिरावट आएको छ।
शुक्रबार एनएमबी बैंक र सिद्धार्थ बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। सिन्धु विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक ८ दशमलव ५५ प्रतिशत गुमाएका छन्।