कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु

२ हप्ता अगाडि
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

महाधिवेशनमा देशभरका साथै विदेशस्थित जनसम्पर्क समितिमार्फत गरी सात हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने कांग्रेसले जनाएको छ।

महाधिवेशनको उद्घाटन कार्यक्रम काठमाडौंस्थित खुलामञ्चमा आयोजना हुँदैछ। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक रूपमा निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत सहभागिता रहने बताइएको छ।

महाधिवेशनले पार्टीको आगामी नेतृत्व, नीति तथा संगठनात्मक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।