सुन तोलामा २ हजार ९०० र चाँदी ६० रुपैयाँ घट्यो

२ हप्ता अगाडि
सुन तोलामा २ हजार ९०० र चाँदी ६० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदीको ६० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।