काठमाडौं । बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुई कामदारको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
निसीखोला गाउँपालिका-३ बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा सोमबार बिहान ढिस्को खस्दा उनीहरू पुरिएका हुन्। बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु१क ३४४६ नम्बरको जेसीबीले बाटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेको प्रहरीले जनाएको छ।
ढिस्कोले पुरिँदा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको हो।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका-५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनको उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।