बेलायतस्थित सैन्य आधारबाट अमेरिकी बमवर्षक विमान फिर्ता

२ हप्ता अगाडि
बेलायतस्थित सैन्य आधारबाट अमेरिकी बमवर्षक विमान फिर्ता

काठमाडौं । अमेरिकाले बेलायतस्थित फेयरफोर्ड सैन्य आधारमा रहेका आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ।

अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार सैन्य आधारमा रहेका सबै बमवर्षक विमान अमेरिकास्थित मुख्य सैन्य आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन्।

विमान फिर्ता बोलाउनुको स्पष्ट कारण भने अमेरिकाले सार्वजनिक गरेको छैन। तर, गत सेप्टेम्बर २७ मा ग्लुस्टरशायरस्थित उक्त हवाई अड्डानजिक तीनवटा शंकास्पद सवारीसाधन फेला परेपछि विकसित घटनाक्रमसँग यसलाई जोडेर हेरिएको छ।

घटनापछि पाँच पुरुषलाई आतंकवादी गतिविधिको शंकामा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो। त्यसपछि बेलायती–इरानी नागरिकता भएका २५ वर्षीय एक व्यक्तिलाई लन्डनबाट पक्राउ गरिएको थियो। उनलाई पनि शनिबार धरौटीमा रिहा गरिएको बेलायती प्रति–आतंकवाद प्रहरीले जनाएको छ।