काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्दसत्र सुरु हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनमा आजै निर्वाचन प्रक्रिया पनि सुरु हुने भएको छ।
बन्दसत्र भोलिसम्म चल्नेछ। बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।
महाधिवेशनअन्तर्गत सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। त्यसविरुद्ध साँझ ५ देखि साढे ६ बजेसम्म दाबी–विरोधको समय तोकिएको छ।
दाबी–विरोधमाथि जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय छुट्याइएको छ। अन्तिम मतदाता नामावली राति साढे ८ बजे प्रकाशन हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।