काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ।
यो समाचार तयार पार्दासम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार मंगलबार अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ।
हालसम्म उम्मेदवारी दर्ता गराउनेमा उपसभापति महिला पदमा पुष्पा भुसाल तथा उपसभापति समावेशीतर्फ विनोद चौधरी र फरमुल्लाह मन्सुर छन्।
महामन्त्रीमा महिला पदका लागि डिला संग्रौला तथा खुलातर्फ शंकर तिवारी, सुनिल शर्मा र नैनसिंह महरले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, सहमहामन्त्री महिला पदमा प्रतिमा गौतम, खुलातर्फ देवेन्द्रराज कंडेल र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।