काठमाडौं । सेयरबजार परिसूचक नेप्से मंगलबार ११.९६ अंकले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ।
नेप्से बढे पनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएन। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने १५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। कारोबारमा अधिकतम ५.११ प्रतिशतसम्म सेयर मूल्य बढेको छ भने ४.९४ प्रतिशतसम्म घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको करिब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, लिबर्टी इनर्जीको करिब १३ करोड रुपैयाँको कारोबार भएको छ। अन्य कम्पनीको कारोबार ९ करोड रुपैयाँभन्दा कममा सीमित भएको छ।
मंगलबार निर्जीवन बीमा समूहबाहेक सबै समूहको परिसूचक बढेको छ।