काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सकिएको छ।
सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएपछि विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ।
उपसभापति महिला पदमा पुष्पा भुसाल र खुलातर्फ डा. चन्द्रकान्त भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।
उपसभापति समावेशीतर्फ विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन्।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय उम्मेदवार छन्। महिला महामन्त्रीमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन्।
सहमहामन्त्री महिला पदमा नानुमैया बास्तोला र प्रतिमा गौतम तथा खुलातर्फ अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना उम्मेदवार छन्।
आदिवासी जनजातितर्फ ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन्। दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियार प्रतिस्पर्धामा छन्।
मधेसीतर्फ अजयकुमार चौरसिया, अभिषेकप्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन शाह उम्मेदवार छन्।
खसआर्यतर्फ जगदिश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत, थारूतर्फ तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी तथा मुस्लिमतर्फ अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदौश आलम उम्मेदवार छन्।
पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर बिष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवरले उम्मेदवारी दिएका छन्।
अल्पसंख्यक वा अपाङ्गता समूहबाट आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली उम्मेदवार छन्।