डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य बढ्यो

२ हप्ता अगाडि
डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्ट्रलिङ, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।

अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा तोकिएको छ। मंगलबार खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा थियो।

अमेरिकी डलरको हालसम्मकै उच्च विनिमयदर भने गत जेठ ७ गते कायम भएको थियो। त्यस दिन डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।

बुधबार युरो १ को खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा रहेको छ। मंगलबार खरिददर १७२ रुपैयाँ २३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा थियो।

पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा तोकिएको छ। मंगलबार क्रमशः २०३ रुपैयाँ ३२ पैसा र २०४ रुपैयाँ ११ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा पुगेको छ। मंगलबार खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६४ पैसा तथा बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१० रुपैयाँ तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछन्।