काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा बन्द भएको छ।
मंगलबार ११.९६ अंकले बढेको बजार बुधबार पुनः ओरालो लागेको हो। कारोबार रकम भने बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको थियो।
बुधबार ३५९ वटा धितोपत्रका एक करोड ३ लाख ६८८ कित्ता सेयर किनबेच भए। १०० कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
घलेम्दी हाइड्रोको मूल्य सर्वाधिक ६.२५ प्रतिशत बढेर २९६ रुपैयाँ पुगेको छ। उक्त कम्पनीकै ३२ करोड २१ लाख रुपैयाँको सर्वाधिक कारोबार भयो।
१३ समूहगत परिसूचकमध्ये बैंकिङ समूह बढ्दा बाँकी १२ समूह घटेका छन्। व्यापार समूह सर्वाधिक १.३८ प्रतिशतले घटेको छ।