काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी प्रदेशका एक–दुई स्थानमा वर्षा भएको छ।
पछिल्लो १२ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
बिहीबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
बिहीबार राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। तराई भूभागमा भने आंशिक बदली रहनेछ।
राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।