पूर्वराष्ट्रपति भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ

२ हप्ता अगाडि
पूर्वराष्ट्रपति भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ नेताको शपथ लिएकी छन्।

बिहीबार एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको थियो।

एमालेको पहिलो स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ। केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका एजेन्डामाथि स्थायी कमिटी बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको छ।