काठमाडौं । मलेसिया सरकारले सन् २०२७ जुनदेखि श्रमिकको न्यूनतम मासिक तलब २ हजार रिंगिट पुर्याउने भएको छ। मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले यस्तो घोषणा गरेका हुन्।
हाल मलेसियामा श्रमिकको न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिट छ। सरकारले तलब बढाउने निर्णयबाट ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुने जनाएको छ।
प्रधानमन्त्री इब्राहिमका अनुसार दक्ष कामदारको तलब भने २ हजार ५ सय रिंगिट पुर्याइनेछ।
श्रमिकको योग्यता र सीपअनुसार पारिश्रमिक सुधार गर्ने नीतिअन्तर्गत सरकारले न्यूनतम तलब बढाउने निर्णय गरेको उनले बताए। नयाँ व्यवस्थाले मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी श्रमिकको पारिश्रमिकमा प्रभाव पार्नेछ।