नेप्से १७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८३ करोड

१ हप्ता अगाडि
नेप्से १७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८३ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से १७.१५ अंकले बढेको छ। यससँगै नेप्से परिसूचक २ हजार ५९१ अंकमा पुगेको छ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ। अघिल्लो दिन ३ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

शुक्रबार १८० कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ। १० कम्पनीको मूल्य भने स्थिर रहेको छ। सबै समूहगत सूचक बढेका छन्।

सबैभन्दा ठूलो समूह बैंकिङको सूचक १.२८ प्रतिशतले बढेको छ। विकास बैंक ०.६१, वित्त ०.३३, होटल तथा पर्यटन ०.९०, जलविद्युत् ०.७४, लगानी ०.१६, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.३७, लघुवित्त ०.१७, निर्जीवन बीमा ०.१८, अन्य ०.२८ र व्यापार समूह ०.३७ प्रतिशतले बढेका छन्।

शुक्रबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ४.९१ प्रतिशत, सिन्धु विकास बैंकको ४.२२ प्रतिशत, सोलु हाइड्रोपावरको ४.०५ प्रतिशत र सान्भी इनर्जीको ३.८६ प्रतिशतले बढेको छ।

त्यस्तै रिजलाइन इनर्जीको सेयर मूल्य ७.८५ प्रतिशत, महिला लघुवित्तको २.०९ प्रतिशत र सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सोनापुर मिनरल्स, एसवाई प्यानल र बलेफी हाइड्रोपावर अगाडि रहेका छन्।