मौसम पूर्वानुमान

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

१ हप्ता अगाडि
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज (आइतबार) पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।

त्यस्तै, आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोसी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, तराईका थोरै स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने सम्भावना छ। वर्षा, चट्याङ तथा हुस्सुका कारण प्रभावित क्षेत्रमा दैनिक गतिविधि र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन मौसमसम्बन्धी सूचनामा ध्यान दिनु उचित हुनेछ।