काठमाण्डौ । देशका अधिकांश स्थानमा आज मौसम सफा रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने केही हिमाली तथा पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। भोलि पनि देशका अधिकांश भागमा मौसम सफा रहने अनुमान छ। यद्यपि केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।