काठमाडौं । देशका पाँच प्रदेशका केही स्थानमा आज हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने पहाडी तथा तराईका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव कायम रहेको छ।