कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।
नेकपा एमालेका नेता थापा प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए। मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।
थापा यसअघि लामो समय सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका रूपमा कार्यरत थिए।
प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वमन्त्री थापाको राजीनामालाई प्रदेशको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।