सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

६ दिन अगाडि
सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । लगातार पाँच दिन घटेको सुनको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर दुई लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ थियो । आइतबारदेखि बिहीबारसम्म निरन्तर ओरालो लागेको सुनको मूल्य शुक्रबार पुनः उकालो लागेको हो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला ११५ रुपैयाँले बढेर चार हजार १५० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्यमा आएको पछिल्लो परिवर्तनसँगै शुक्रबार बजारमा सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ र चाँदी चार हजार १५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।