एमालेले बोलायो मंसिर ५ गते केन्द्रीय कमिटी बैठक, त्यसअघि राष्ट्रिय भेला र जनप्रतिनिधिको भेला

१ हप्ता अगाडि
एमालेले बोलायो मंसिर ५ गते केन्द्रीय कमिटी बैठक, त्यसअघि राष्ट्रिय भेला र जनप्रतिनिधिको भेला

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर ५ गते बस्ने गरी बैठक तय भएको हो । राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला सम्पन्न भएपछि एमालेले केन्द्रीय कमिटी बैठक राख्न लागेको हो ।

एमालेले मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्यांक्वेटमा राष्ट्रिय भेला आयोजना गर्दैछ । भेलामा तीन हजार एक सय जना सहभागी हुने बताइएको छ । महासचिव शंकर पोखरेलका अनुसार भेला मुख्य रूपमा आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुनेछ ।

त्यसैगरी मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरिएको छ । एकदिने भेलामा एमालेबाट २०७८ सालमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सहभागी हुनेछन् । प्रवक्ता आचार्यका अनुसार भेला बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।

यसअघि एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ८ गतेसम्म बसेको थियो । उक्त बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादलाई तत्काल थाती राख्दै राष्ट्रिय भेलामार्फत निकास खोज्ने निर्णय गरेको थियो ।