सुनको भाउ फेरि बढ्यो, दुई दिनमै ५ हजार ३ सयले वृद्धि

३ घण्टा अगाडि
सुनको भाउ फेरि बढ्यो, दुई दिनमै ५ हजार ३ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन बढेको छ। विगत एक सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य सोमबार र मंगलबार बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको थियो।

यसअघि गत कात्तिक २३ गतेदेखि एक सातासम्म सुनको मूल्य निरन्तर घटेको थियो। उक्त अवधिमा तोलामा ४१ हजार ७ सय रुपैयाँ घटेको सुनको मूल्य पछिल्ला दुई दिनमा ५ हजार ३ सय रुपैयाँ बढेको हो।

यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा ३५ रुपैयाँले वृद्धि भएसँगै चाँदीको मूल्य ३ हजार १ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।