मौसम पूर्वानुमान

आज देशभरको मौसम मुख्यतया सफा रहने

७ घण्टा अगाडि
आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं । आज देशभरको मौसम मुख्यतया सफा रहने भएको छ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम सफा रहनेछ। राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

विभागका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।