काठमाडौं । ताप्लेजुङमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ताप्लेजुङको ओलाङचुङगोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पविद् लोकविजय अधिकारीले भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड रहेको जानकारी दिएका छन्। भूकम्पबाट भएको क्षतिबारे भने विवरण प्राप्त भएको छैन।