काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँमा झरेको थियो । त्यसअघि बिहीबार पनि सुनको भाउ ३ हजार ३ सय रुपैयाँ घटेको थियो ।
पछिल्ला कारोबार दिनमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । कात्तिक २७ गते प्रतितोला १२ हजार ६ सय, कात्तिक २९ गते १ हजार ५ सय, कात्तिक ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय र मंसिर २ गते ६ हजार ३ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।
कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयताका सात कारोबार दिनमा ४१ हजार ७ सय रुपैयाँ घटिसकेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ४५ रुपैयाँ घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला २ सय २५ रुपैयाँ घटेर ३ हजार १ सय १० रुपैयाँमा झरेको थियो ।