नयाँदिल्ली । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह "बालेन" र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको एक्लाएक्लै (वन अन वन) भेटवार्ता सम्पन्न भएको छ । सोमबार बिहान नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ता सकिएपछि दुवै प्रधानमन्त्री प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका छन् ।
दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा नेपाल-भारत सम्बन्धका विभिन्न आयाम तथा आपसी हितका विषयमा छलफल भएको छ । त्यसपछि सुरु भएको प्रतिनिधिमण्डलस्तरीय बैठकमा दुवै देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरू सहभागी छन् ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, यातायात तथा आर्थिक सहकार्यलगायतका विषयमा समझदारी हुने अपेक्षा गरिएको छ ।