सुनको मूल्य एकै दिन ६ हजार ५ सय रुपैयाँले घट्यो

५ घण्टा अगाडि
सुनको मूल्य एकै दिन ६ हजार ५ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ।