काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय, आवास भवन र पक्की पुलको शिलान्यास गरिएको छ। गोरखाको सिउरेनीटारमा बुधबार सभामुख डीपी अर्यालले आवास भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी थिए। सभामुख अर्यालले आयोजनाको पक्की पुलको समेत शिलान्यास गरेका छन्।
बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाका अनुसार आयोजनाको मुख्य भौतिक निर्माण सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखिएको छ।
‘आवास तथा कार्यालय भवनको शिलान्यास गरिएको हो,’ उनले भने, ‘यसले परियोजनाको भवन शिलान्याससँगै काम सुरु भएको छ।’
आयोजनाका कार्यालय तथा आवास भवन र पक्की पुल निर्माणलाई परियोजनाको पूर्वतयारीका कामका रूपमा अघि बढाइएको छ।