Bकाठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६६ अंकले बढेर २ हजार ६४७.६१ विन्दुमा पुगेको हो।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन १ करोड ६५ लाख कित्ता सेयर कारोबार भएको थियो। कारोबारमा आएका कम्पनीमध्ये १७० वटाको मूल्य बढ्दा १०१ वटाको घटेको र ८ वटाको मूल्य स्थिर रहेको छ।
बुधबार केही सेयरको मूल्य अधिकतम १०.९८ प्रतिशतसम्म बढेको छ भने घट्ने सेयरको मूल्य ३.३० प्रतिशतसम्म ओरालो लागेको छ। यस दिन एउटा कम्पनीको ३४ करोड रुपैयाँसम्मको कारोबार भएको छ।
समूहगत रूपमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहका परिसूचक घटेका छन्। बाँकी समूहमा भने वृद्धि देखिएको छ।